Studio time : : :

ON Air Lok bhaka

Next Panchadewal News

मुख्य खबर

समाचार

मेस्सी र रोनाल्डो भन्दा गोलमा नेइमार अघि

hamro

माघ २४ –  ब्राजिलका नेइमार विश्व फुटबलमा अहिलेका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने नइमारले आइतबार २५ औं जन्मदिन मनाए ।

२४ वर्ष पूरा भएर २५ वर्षमा लागेका नेइमारलाई फुटबलका दुई उत्कृष्ट खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोसँग तुलना गर्ने पनि गरिन्छ । नेइमारले बार्सिलोनाका साथी खेलाडी मेस्सी र रियल मड्रिडका रोनाल्डोलाई गोलको संख्यामा जितेका छन् ।

नेइमारले मेस्सी र रोनाल्डोले २४ वर्ष पूरा हुँदा गरेको भन्दा धेरै गोल गरेका छन् । नेइमारले मेस्सीले २५ वर्ष लाग्दा गरेको भन्दा एक तथा रोनाल्डोले भन्दा एक सय १८ गोल बढी गरेका छन् । नेइमारले अहिलेसम्म सबै क्लब र राष्ट्रिय टिमबाट गरी चार सय ६८ खेलमा दुई सय ८० गोल गरेका छन् ।

मेस्सीले २४ वर्ष पुग्दा चार सय पाँच खेलबाट दुई सय ७९ गोल गरेका थिए । रोनाल्डोले २४ वर्ष पुगेर २५ लाग्दा एक सय ६२ गोल मात्रै गरेका थिए ।

तर नेइमारले गोलमा जितेपछि बालोन डी’ओरमा भने मेस्सी र रोनाल्डो भन्दा पछि परे । मेस्सी र रोनाल्डोले २४ वर्ष पग्दा बालोन डी’ओर जितिसकेका थिए । तर नेइमार भने त्यो अवसरबाट अहिलेसम्म पछि परेका छन् ।