Studio time : : :

ON Air

Next

मुख्य खबर

समाचार

सँबिधानको कार्यान्वयन नभई अहिलेको सरकारले स्थानीय निर्बाचनको मिती घोषणा गर्न लाग्नु दुर्भाग्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा : राणाको भनाई

hamro

माघ १०
राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रिय कार्यकर्ता भेला तथा आमसभा आज बिनायकमा सम्पन्न भएको ।राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ कार्य समिती बिनायकका अधयक्ष रण बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा।धवलशमशेर राणा प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी को आसनबाट बोल्दै उहाँले सँबिधानको कार्यान्वयन नभई अहिलेको सरकारले स्थानीय निर्बाचनको मिती घोषणा गर्न लाग्नु दुर्भाग्य रहेको बताउनुभएको छ । उहाँले पछिल्लो समयमा राट्रिय प्रजातन्त्र पाटीको जनताको माझमा लोक प्रीय भएकाले तिन दलमा चेतना आएको राट्रिय प्रजातन्त्र पाटीको बिचार नेपालमा संघियता चाहिदैन स्थानिय निवाचन हुनु पर्छ यदी देशलाई संघियतामै लैजानेहो भने ५ वटा बिकास क्षेत्रलाई प्रदेशबनाई जानु पर्ने यहिलेको संघियताले देशलाई टुक्राउन खाजेकाले यो कुनै पनी हालतले रा प्र पा हुन नदिने बताउने भयो । एक अर्को प्रसँगमा नेपाली जनतालाई काट्न र समाप्त पार्न पाइदैन् यो फोहोरी खेल भएकाले जनताले सबै कुरा बुझि सकेकाले कुनै पनी हालतमा यो फोहोरी जनताले सथ नदिने कुरा बताउनु भयो । स्थानिय तहको निवाचन गर्न माओवादी ५÷६ टुक्रामा बिभाजन भएकाले निवाचन नचाहेको एमाले राट्रिय निवाचन चाहेको र काग्रेस अहिले सम्म अलअल्ल भएको अहिले नै निवार्चन हुन नसक्ने कुरा प्रष्ट्र हुन आग्रह गर्नु भयो । यदि नेपाली जनताले साथ दिएको खण्डमा यो हावाको संघियता खारिजगरी संबिधान दुई तिहाइ मतले परीबर्तन गर्न सकिने भएकाले देशमा सनातन हिन्दु राष्ट्र कायम गर्ने र यहीले बिभिन्न एन्जियो आइएन्जियो र बिदेशि डलरले देशमा धर्म परीर्वतन गराईरहेको यसो नगर्न आग्रह गर्नु भयो । पैसामा धर्म परीर्वतन गर्ने हो भने ८२ ५ हिन्दु धर्म मान्छन आगामी २० बर्षमा सिङगो देशनै क्रिचन धर्ममान्ने हुने कुरा बाताउनु भयो। कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा सेती अन्चल प्रमुख श्याम बहादुर शाही,केन्द्रिय सदस्य भद्र बहादुर शाह,रमानन्द न्यौपाने बिशिष्ट अतिथी रहनुभएको थियो ।कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अछाम जिल्ला अध्यक्ष मीन बहादुर शाही,बरिष्ट नेता तेज बहादुर बिष्ट,प्रजातन्त्रीक किसान सँगठनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र घिमीरे,हर्क बहादुर मल्ल,केन्द्रिय सदस्य लोकेन्द्र बहादुर शाह,जिल्ला सचिब सूर्य बहादुर शाही,ईश्वरी उपाध्याय,प्रजातन्त्रीक सागठनका जिल्ला सचिब बेदराज न्यौपाने,राष्ट्रिय प्रजातन्त्रीक महिला सँगठनकी जिल्ला अध्यक्ष मीना शाही,किसान सँघका जिल्ला अध्यक्ष गणेश न्यौपाने,यूवक सँगठन अछामका अध्यक्ष टोपेन्द्र शाही,बिध्यार्थी सँगटनका जिल्ला अध्यक्ष भरत शाही,जिल्ला कार्य समिती सदस्य तथा बण्डाली देवताका धामी तारा चलाउने लगायतका अतिथीहरुले मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष शीवराज उपाध्यायको स्वागत मन्तव्यबाट शुभएको कार्यक्रमको सञ्चालन पूर्व जिल्ला सचिब टोपेन्द्र बहादुर शाहीले गर्नुभएकोथियो ।