Studio time : : :

ON Air Lok bhaka

Next Panchadewal News

मुख्य खबर

समाचार

नेइमारले मेस्सी होइन रोनाल्डो रोजे

hamro

 
 
 
साउन २ –बार्सिलोनाका स्ट्राइकर नेइमारले यो वर्षको फिफा बालोन डी’ओर रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जित्ने बताएका छन् । नेइमारले बार्सिलोनाका साथी खेलाडी लियोनल मेस्सीले नभइ रोनाल्डोले बालोन डी’ओर जित्ने बताएका हुन् । बालोन डी’ओरका लागि खेलाडीको मनोनयन हुन भने बाँकी नै छ । नेइमारले भने ‘रोनाल्डोले च्याम्पियन्स लिग र युरोकपको उपाधि जितेका छन् । यस्तै उनी उत्कृष्ट खेलाडी पनि हुन् । त्यसैले सन् २०१६ को बालोन डी’ओर उनैले जित्छन् ।’ गएको वर्षको अवार्डमा अन्तिम तीनमा रोनाल्डो, मेस्सी र नेइमार परेका थिए । रोनाल्डो र नेइमारलाई पछि पार्दै मेस्सीले पाँचौं पटक उपाधि जितेका थिए । रोनाल्डोले सन् २००८, २०१३ र २०१४ मा उपाधि जितेका थिए ।